images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • लहान नगरपालिकाले आगामी पाँच वर्षमा घर...

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घर घरमा खानेपानी पुर्‍याउने

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घर घरमा खानेपानी पुर्‍याउने

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • सिराहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताए ।

    images
    images

    नगर प्रमुख चौधरीले भने, ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्‍याउने योजना बनाएका छौँ ।’ योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ । 

    नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ जनाइएको छ । खानेपानीसँगै लहानालाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ । आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend