images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • केसीसी एक्जिबेट २०२५, साउन १६ र...

केसीसी एक्जिबेट २०२५, साउन १६ र १७ मा विविध प्रदर्शनी कार्यक्रम

केसीसी एक्जिबेट २०२५, साउन १६ र १७ मा विविध प्रदर्शनी कार्यक्रम

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौंः साउन १–पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इन्जिनियरिङ र व्यवस्थापन शिक्षालय कान्तिपुर सिटी कलेज (केसीसी)ले साउन १६ र १७ गते ‘केसीसी एक्जिबेट २०२५’ आयोजना गर्ने भएको छ।

    images
    images

    “Innovate, Exhibit, Inspire” भन्ने मूल नारासहित आयोजना हुने यो दुई दिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक तथा व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्ने र शैक्षिक तथा औद्योगिक क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

    प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शित गरिने छन्। ती परियोजनाहरूमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), सफ्टवेयर र मोबाइल एप्लिकेसनहरू, शैक्षिक प्लेटफर्म, सिभिल इन्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन प्रणाली, भूकम्प प्रतिरोधी संरचना लगायतका विषय समेटिएका छन्।

    images
    images

    त्यस्तै, बीबीए कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित ५ खाना स्टलहरू मार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछ। यसले विद्यार्थीहरूको उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश छन्। चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति र विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक प्रदर्शनीको आकर्षण हुनेछन्।

    कार्यक्रमको उद्घाटन साउन १६ गते बिहान ९ः०० बजे कलेज परिसरमै हुनेछ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, विशेष अतिथिको रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा। रवीन्द्र प्रसाद ढकाल र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ।

    कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष सुमन कटवालले गर्नेछन् भने प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, प्राचार्य राजु कट्टेल तथा प्रदर्शनी संयोजक इञ्जिनियर रवि श्रेष्ठ आयोजकको तर्फबाट सक्रिय रहनेछन्।

    आयोजकले प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा राखेको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, सूचना प्रविधि क्षेत्रका विज्ञ, सञ्चारकर्मी र सर्वसाधारणहरू रहनेछन्।

    यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक विकास र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend