images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रीको फोनः देशलाई साँच्चै...

स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रीको फोनः देशलाई साँच्चै तपाईंहरु जस्तै स्वास्थ्यकर्मीको खाँचो छ ।

स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रीको फोनः देशलाई साँच्चै तपाईंहरु जस्तै स्वास्थ्यकर्मीको खाँचो छ ।

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौंः स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा गरिरहेकी अनमी जानकी पुजाराको कामको प्रशंसा गर्दै सामाजिक सञ्जाल मार्फत सम्मान प्रकट गरेका छन्।

    images
    images

    बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा कार्यरत जानकीले स्वासप्रस्वासमा गम्भीर समस्या देखिएकी एक शिशुको ज्यान बचाएकी थिइन्। भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको अवस्थामा उनले देखाएको तत्परताले एक नवजातको जीवन रक्षामा ‘भगवान सरह’ भूमिका खेलेको भन्दै मन्त्री पौडेलले फोन गरेर व्यक्तिगत रूपमा बधाई समेत दिएका थिए।

    Indra Baniya Bagmati mp.jpg

    images
    images

    मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र संघका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौं । यस्तोमा नागरिकको जीवन रक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण हात छ ।”

    उनले जानकी जस्ता स्वास्थ्यकर्मीहरू प्रति श्रद्धा प्रकट गर्दै भनेका छन्, “सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लिन जानकी र अरु धेरै जानकीहरु प्रति मेरो हृदयदेखी नै सम्मान छ । देशलाई साँच्चै तपाईंहरु जस्तै स्वास्थ्यकर्मीको खाँचो छ । तपाईंहरुको योगदानको पक्कै मूल्यांकन हुनेछ ।”

    स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पौडेलले विशेषगरी विकट तथा दुर्गम स्थानमा सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको योगदान अमूल्य रहेको बताएका छन्।

    शिशुको जीवनरक्षा मात्र नभई जनस्वास्थ्यमा निरन्तर खटिने स्वास्थ्यकर्मीहरूका लागि मन्त्रीको यस्तो सम्मान जनक टिप्पणीले थप उत्साह र प्रेरणा मिल्ने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend