images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • शेयर बजार दोहोरो अंकले बढ्यो,१८...

शेयर बजार दोहोरो अंकले बढ्यो,१८ अर्ब ५२ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढ्यो,१८ अर्ब ५२ करोडको कारोबार

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं ।  मंगलवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार परिसूचक (नेप्से) ३० दशमलव ४९ अंकले बढेर ३००१ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    images
    images

    आज दिनभरिमा ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी, सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend