images

२०८३ आश्विन २० गते

images
images
images

मसालाबाली खेती गर्ने किसानलाई अनुदान

मसालाबाली खेती गर्ने किसानलाई अनुदान

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • म्याग्दी। फलफूल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा दुई करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ।कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको म्याग्दी कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रममार्फत दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको हो। केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले विभिन्न १२ अनुदानका कार्यक्रमका लागि दुई करोड ४७ लाख ४० हजार रुपैयाँ विनियोजन भएकामा ८६ प्रतिशत खर्च भएको जानकारी दिए।‘प्रदेश सरकारको कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत आवेदन संकलन, स्थलगत निरीक्षण, मूल्यांकन र छनोट भएका समूह, सहकारी तथा फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वनय भएको हो’, उनले भने, ‘कार्यक्रमअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराएका छौँ।’

    images
    images

    गत वर्षका योजना तथा कार्यक्रमबाट ८१ वटा मिनीटिलर खरिद, १० कुटानी पिसानी मिल, ८२ थान स्प्रेयर, सातवटा ब्रस कटर, २९ हजार १५० मिटर पाइप, ५३ वटा हिलट्याङक, छ सय मिटर सिंचाइ कुलो निर्माण र १६ सिंचाइ पोखरी निर्माण भएका छन्।सबैभन्दा बढी एक करोड २० लाख रुपैयाँ बजेट भएको समुदायस्तरमा खायन आलु प्रवर्द्धन आयोजनामार्फत एक हजार २५० रोपनी क्षेत्रफलमा आलुखेती गरेका सात सय ९३ जना किसान आबद्ध ३० वटा सहकारी र समूहलाई यान्त्रिकीकरण, साना सिंचाइ पूर्वाधार, बीउ, मलका लागि ८७ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ।सुन्तलाजात फलफूल विकास आयोजनामार्फत तीन सय ७० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा सुन्तला बगैँचा विस्तार गरेका ४३ वटा समूह, सहकारी र फार्मले प्रविधि, पूर्वाधार, विषादी र औजार खरिदका लागि ४७ लाख १४ हजार रुपैयाँ अनुदान पाएका छन्।

    तरकारी बाली आयोजनामार्फत आठ लाख ६६ हजार रुपैयाँ, खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रमबाट नौ लाख ९२ हजार रुपैयाँ, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रममार्फत छ लाख ६३ हजार रुपैयाँ, फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सात लाख २० हजार रुपैयाँ र मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन आयोजनामार्फत पाँच लाख ९८ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।परम्परागत बालीको प्रशोधन तथा बजारीकरण प्रवर्द्धन कार्यक्रमबाट सात लाख ६१ हजार रुपैयाँ, परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमबाट नौ लाख २८ हजार रुपैयाँ, ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत १७ लाख ८६ हजार रुपैयाँ र जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रममार्फत चार लाख ९८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ।केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिममा नौ सय ९९ सहभागी भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend