images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ...

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको अवितरित हकप्रद शेयर बिक्रीमा

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको अवितरित हकप्रद शेयर बिक्रीमा

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । लगानीतकर्ताले बोलपत्रमा साउन २० गते सम्म आवेदन पेश गर्न सक्नेछन् ।

    images
    images

    न्युन्तम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो ।

    लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  कुल शेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेको छ ।

    images
    images

    लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर र विर्तामोड बाट आवेदन पेश गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend