images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजार समान्य अंकले घट्यो, १९...

सेयर बजार समान्य अंकले घट्यो, १९ अर्ब ३६ करोड माथि कारोबार

सेयर बजार समान्य अंकले घट्यो, १९ अर्ब ३६ करोड माथि कारोबार

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • सोमबार, सेयर बजार समान्य अंकले घटेर बन्द  भएको छ। नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको हो। आज ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कुल १९ अर्ब ३६ करोडको कारोबार भएको छ। ६ उपसूचकमध्ये सबैमा हरियाली छाएको छ। वाणिज्य बैंक समूहको सेयर मूल्य ०.२१ प्रतिशत, फाइनान्स समूहको २.८३ प्रतिशत, र होटल तथा पर्यटन समूहको ०.२४ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    आज १२२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १२८ कम्पनीका सेयरमा गिरावट आएको छ। बजारको वृद्धि सँगै तीन कम्पनीमा सकारात्मक सर्किट पनि लागेको छ।आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४९ प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend