images

२०८३ आश्विन १७ गते

images
images
images

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • बजारमा आँपको मूल्य बढेको छ। मागअनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।‘बजारमा आँप एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने।

    images
    images

    उनका अनुसार आँपको मूल्य बढ्न थालेको तीन दिन भयो। बजारमा दसहरी र मालदह जातका आँप आइरहेको छ। यी आँपको मूल्य अहिले होलसेलमै एक सय ८० रूपैयाँदेखि एक सय ९० रूपैयाँ पुगेको छ।यसअघि यी आँप प्रतिकिलो थोक मूल्य एक सय २५ रूपैयाँदेखि एक सय ३० रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले बजारमा नेपाली आँपको सिजन सकिएकाले मूल्य बढेको हो। 

    भारतीय आँप पनि साउनभरि मात्रै आउने छ। त्यसपछि आँपको सिजन सकिएर अनार तथा स्याउको सिजन सुरू हुने उनले जानकारी दिए।आँपको होलसेल मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend