images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नक्कली दूतावास चलाएर ठगी गर्ने हर्षवर्धन...

नक्कली दूतावास चलाएर ठगी गर्ने हर्षवर्धन जैन भारतमा पक्राउ

नक्कली दूतावास चलाएर ठगी गर्ने हर्षवर्धन जैन भारतमा पक्राउ

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • भारतको उत्तर प्रदेशस्थित नोएडामा बर्षैदेखि नक्कली दूतावास सञ्चालन गर्दै ठगी गर्दै आएका हर्षवर्धन जैनलाई प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको स्पेशल टास्क फोर्स (एसटीएफ) अन्तर्गतको नोएडा युनिटले जुलाई २२ मा जैनको घरमा छापा मार्दै उनलाई नियन्त्रणमा लिएको हो।

    images
    images

    प्रहरी अनुसन्धान अनुसार हर्षवर्धन जैन सन् २०१७ देखि नक्कली दूतावासको नाममा कार्यालय सञ्चालन गर्दै आएका थिए। उनका कार्यालयबाट कूटनीतिक नम्बर प्लेट भएका गाडीहरू, पासपोर्ट, विदेश मन्त्रालयका दस्तावेज, पेनड्राइभ, विभिन्न कम्पनीका छाप, प्रेस कार्ड लगायतका सामग्रीहरू बरामद गरिएको छ।

    छापा मारिएको घरबाट प्रहरीले ४४ लाख ७० हजार भारतीय रुपैयाँ नगद र केही विदेशी मुद्रासमेत फेला पारेको छ। जैनले आफूलाई विभिन्न देशको कूटनीतिज्ञ भन्दै ठगी गर्दै आएको प्रहरीको भनाइ छ। प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्ति सँगको तस्बिर देखाएर र सामाजिक सञ्जालमा पोस्ट गर्दै उनी पीडितहरूलाई विश्वासमा पार्ने गरेका थिए।

    images
    images

    विदेश पठाइदिने बहानामा उनले धेरै व्यक्तिबाट ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अझ प्रभाव जमाउन उनले अफिस अगाडि च्यारिटी कार्यक्रम समेत आयोजना गर्ने गरेका थिए। यो घटना अघि पनि उनी ठगी सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend