काठमाडौं । सेयर बजार बढ्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २९८३.३१ बिन्दुमा रोकिएको छ ।यसअघिका छ कारोबार दिन पनि नेप्से लगातार उकालो लागेको थियो । अघिल्लो कारोबार दिन मंगलबार ८०.९७ अंकले बढेको नेप्से सोमबार २१.७६ अंक र आइतबार ०.३२ अंकले बढेको थियो ।
गत साताको बिहीबार नेप्से ७५.८४ अंक, बुधबार ३४.६१ अंक र मंगलबार ३४.४६ अंकले बढेको थियो । बुधबार नेप्सेमा कुल १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल १९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।




.gif)





