images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डको अक्सन मार्केट र डेरिभेटिभ...

धितोपत्र बोर्डको अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने घोषणा

धितोपत्र बोर्डको अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने घोषणा

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने घोषणा गरेको छ । मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यस्तो घोषणा गरेको हो ।

    images
    images

    ‘अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गरिनेछ भने धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिटभ्स् औजारहरूको संचालन गर्न आवश्यक अध्ययन गरिनेछ,’ बोर्डले नीति तथा कार्यक्रममा भनेको छ, ‘इक्यूटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गरिनेछ ।’धितोपत्र बोर्डले सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई विकास र विस्तार गर्न सहजीकरण गर्ने पनि भनेको छ । सरकारी संस्थानहरुमा सरकारले ऋणपत्र मार्फत लगानीको लागि वित्तीय साधन परिचालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    धितोपत्र कारोबारको लागि धितोपत्र दलाल व्यवसायीमार्फत् मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन गरी सुधार गर्ने र इन्ट्राडे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ्ग सम्बन्धी नीतिगत व्यवस्था गर्ने पनि बोर्डले भनेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend