images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बजारले तोड्यो रेकर्ड, सरकारले साउनमा...

धितोपत्र बजारले तोड्यो रेकर्ड, सरकारले साउनमा मात्रै उठायो ४ अर्ब

धितोपत्र बजारले तोड्यो रेकर्ड, सरकारले साउनमा मात्रै उठायो ४ अर्ब

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं।  धितोपत्र बजारले रेकर्ड तोड्दै उचाइ लिइरहेका बेला सरकारले यो बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर ह्वात्तै बढेको छ ।

    images
    images

    चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना साउनमा मात्रै धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर उठाएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बताएको छ । 

    यो अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ मा संकलित कुल पूँजीगत लाभकरको नजिक छ । आव २०८०/८१ मा धितोपत्र बजारबाट सरकारले ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक सीडीएससीले उपलब्ध गराएको छ । 

    images
    images

    धितोपत्र कारोबार गर्दा हुने लाभमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्नुपर्छ जुन आयकरकै एक स्वरूप हो ।   मासिक पूँजीगत लाभकर संकलनमा यसअघिको रेकर्ड पनि यो वर्षको साउनमा भएको संकलनले तोडेको छ ।

    यसअघि २०७८ साल साउनमा सरकारले १ महीनामा सर्वाधिक ३ अर्ब २४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend