काठमाडाैं। आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ।सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्।
संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयंको हो। उनलाई चाइल्ड भर्सनमा सिनेमाका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन्। गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ। यो गीत सामाजिक सञ्जाल टिकटक तथा फेसबुक रिल्समा भाइरल हुने सहज अनुमान गर्न सकिन्छ । गीतमा समावेश शब्दले दर्शकलाई सहजै आफु तर्फ आकर्षण गर्न सक्छन्।सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। यो सिनेमाबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन्। सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन्। निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ। नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।




.gif)





