images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • साउन २२ गते दोल्ती पावर...

साउन २२ गते दोल्ती पावर कम्पनीले बोलायो विशेष साधारणसभा

साउन २२ गते दोल्ती पावर कम्पनीले बोलायो विशेष साधारणसभा

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • दोल्ती पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले सभा यही साउन २२ गते बिहान आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभामा कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयरबाट संकलित रकमको उपयोगबारे सञ्चालक समितिले गरेका निर्णयहरूलाई पनि सभाबाट अनुमोदन गरिनेछ। त्यसैगरी, कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। यदि यी प्रस्तावमा नियमनकारी निकायबाट कुनै परिवर्तन वा निर्देशन आएमा त्यसअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिनेछ।

    सभाको प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, साउन १३ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरू मात्र विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend