images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क...

आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।यसले गर्दा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images
    images

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।मंगलबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

    साथै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend