images

२०८३ आश्विन २० गते

images
images
images

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बन्नुुभएको छ । निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आउनुभएका दुवैजनाले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिहनुभएको छ । उहाँहरुले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती गरिरहनुभएको छ । 
    उक्त फर्मका सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताउनुभयो । उहाँले आफ्नो फर्मबाट प्रति किलो रु ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिनुुभयो । सुरुआतमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उहाँले बताउनुभयो । 

    images
    images

    गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल ल्याउने गरेको जानकारी दिनुुभयो ।     प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उहाँले बताउनुभयो ।  हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताउनुभयो ।गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरुप रु चार लाख सहयोग प्राप्त भएको अधिकारीले बताउनुुभयो । गड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताउनुभयो । विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौशी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ ।

    “पछिल्लो समयमा पोखरामा कौशी खेतीको चलन बढ्दो छ”, अधिकारीले भन्नुुभयो, “थोरै मात्रामा कौशी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ ।” रासायनिक मलको विकल्पका रुपमा यो मल रहेको उहाँले बताउनुभयो । गड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन् जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्दछ । यस मलमा एन्टिवायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ ।यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण  खेतीबालीका लागि बहुउपयोगी हुन्छ । व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताउनुभयो । व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उहाँको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend