images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजार ३१.७८ अंकले बढ्यो,१६ अर्ब...

सेयर बजार ३१.७८ अंकले बढ्यो,१६ अर्ब ३२ करोडको कारोबार

सेयर बजार ३१.७८ अंकले बढ्यो,१६ अर्ब ३२ करोडको कारोबार

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । सेयर बजार २९०० बिन्दुमा उक्लिएको छ । साताको कारोबारको दोस्रो दिने सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७८ अंकले बढेर २९०२.७४ बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन आइतबार भने नेप्से स्थिर बसेको थियो । यद्यपि, गत साताको बिहीबार भने नेप्से ७५.८४ अंकले, बुधबार ३४ अंकले र मंगलबार ३४ अंकले बढेको थियो ।

    images
    images

    सोमबार नेप्सेमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल २१ अर्ब माथिको कारोबार भएको थियो ।सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मात्रै घटेको छ ।

    सोमबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।यस्तै, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend