images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • आज पनि घट्यो प्याजको मूल्य, कति...

आज पनि घट्यो प्याजको मूल्य, कति पर्छ किलोको?

आज पनि घट्यो प्याजको मूल्य, कति पर्छ किलोको?

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • बजारमा आज पनि सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांकअनुसार सोमबार सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३८ देखि ४० रूपैयाँमा बिक्री भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो एक रूपैयाँले सस्तो हो। आइतबार सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३९ देखि ४१ रूपैयाँमा बिक्री भइरहेको थियो। 

    images
    images

    समितिको तथ्यांक हेर्दा शनिबारदेखि बजारमा प्याजको मूल्य घट्न थालेको हो। शनिबार सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४१ देखि ४३ रूपैयाँमा बिक्री भएको थियो। शुक्रबार भने प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४५ रूपैयाँमा बिक्री भइरहेको थियो। एक साताअघि पनि कालिमाटी बजारमा सुकेको प्याज सोही मूल्यमा कारोबार भएको थियो। 

    आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य अन्य तरकारीको मूल्य जस्तो धेरै मूल्यमा घटबढ हुँदैन। थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend