images

२०८३ आश्विन १६ गते

images
images
images

जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • जुम्ला । जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र  खर्च भएको छ । पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन गरिएकामा रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिनुभयो । 

    images
    images

    यहाँका आठ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट आठ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजन भएको थियो । चालुतर्फ रु पाँच अर्ब ५९ करोड ४९ लाख बजेटमध्ये रु पाँच अर्ब २८ करोड ८१ लाख अर्थात् ९४ दशमलब ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन बजेटमध्ये रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । 

    कूल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलब २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताउनुभयो । कूल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ । उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको  छ । 

    images
    images

    उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ रु ७१ करोड ५५ लाख बजेटमध्ये रु ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । रु १५ करोड ४२ लाख ६३ हजार बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend