images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक...

बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा

बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ ।

    images
    images

    राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ । उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो । 

    एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ ।

    images
    images

    पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।

    बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ ।

    यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा भएकी थिइन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend