images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड,...

ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो ।ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो ।ग्लोबल आइएमई बैंक लि. कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १० करोड २० लाख इकाई निष्काशन गरिएको थियो ।  माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएकोले इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गरिनेछ भन्ने व्यवस्था अनुसार योजनाको इकाई थप गरिएको छ ।

    images
    images

    निष्कासित इकाई १२,००,००,००० को २५ प्रतिशत अर्थात ३,००,००,००० इकाई थप गरी १५,००,००,००० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँडफाँड गरिएको कूल १५,००,००,००० इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूंजीको रुपमा बाँडफाँड गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लि. लाई १३.५० प्रतिशत अर्थात २,०२,५०,००० इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि. लाई १.५० प्रतिशत अर्थात २२,५०,००० गरी जम्मा २,२५,००,००० इकाई असार ३० गते बाँडफाँड गरिएको क्यापिटलले उल्लेख गरेको छ।

    क्यापिटलका अनुसार बीज पूंजी बापत छुट्याइएको इकाई बाँडफाँड गरे पश्चात् बाँकि रहेको १२,७५,००,००० इकाई बाँडफाँड गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि-आस्वा प्रणाली मार्फत ३५,८०२ वटा आवेदनहरुबाट १३,०९,३३,५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि-आस्वा प्रणालीको Duplicate Citizenship Report अनुसार २६ जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५,७५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३,०९,२६,०१० इकाई बाँडफाँड गरिएको छ । जस अनुसार ३५, ७५० जना आवेदकहरु मध्ये ३५,७४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११,०९,२६,०१० इकाई तथा २ जना आवेदकहरुलाई समानुपातिक रुपमा १,६५,७३,९९० इकाई गरी जम्मा १२,७५,००,००० इकाई बाँडफाँड गरिएको छ ।

    images
    images

    निष्कासन तथा बिक्री खुल्ला भएको छैठौ दिनमा १० वर्षे अवधिको दोस्रो बन्दमुखी योजना “ग्लोबल आइएमई समुन्नत योजना-२ (Global IME Samunnat Yojana II) को लागि माग भन्दा अधिक संख्यामा आवेदन प्राप्त भई इकाईको आकारलाई पचीस (२५) प्रतिशतसम्म वृद्धि गरी बाँडफाँड गर्न सफलता मिलेको क्यापिटलले जनाएको छ।उक्त बाँडफाँड नतिजा कोष प्रबर्द्धकको वेभसाइट www.globalimebank.com. कोष व्यवस्थापकको वेभसाइट www.globalimecapital.com र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बेभसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend