images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजार २.८७ अंकले...

सेयर बजार २.८७ अंकले घट्यो,२१ अर्ब ४६ करोडको कारोबार

सेयर बजार २.८७ अंकले घट्यो,२१ अर्ब ४६ करोडको कारोबार

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । सेयर बजार अन्तिम समयमा घटेर बन्द भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले घटेर २८६७.७६ बिन्दुमा रोकिएको छ ।कारोबारको सुरुवाती समयदेखि नै बढ्न थालेको बजार २९२२.८४ बिन्दुसम्म पुगेपनि बन्द हुने समयमा भने घटेर २८७६ मा सीमित भएको हो ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से ७५.८४ अंकले बढेर २८७८.७७ बिन्दुमा थियो ।यसअघिका दुई कारोबार दिन पनि नेप्से ३४/३४ अंकले बढेको थियो । आइतबार सूचक घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ ।

    आइतबार नेप्सेमा कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्येमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ ।

    images
    images

    आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend