images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सिटी होटल र शिव श्री हाइड्रोको...

सिटी होटल र शिव श्री हाइड्रोको हकप्रद स्वीकृत

सिटी होटल र शिव श्री हाइड्रोको हकप्रद स्वीकृत

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • सिटी होटल र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर स्वीकृत भएको छ। धितोपत्र बोर्डले यी कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। सिटी होटलले १.०८ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। एक सय कित्ता सेयर हुनेले कम्पनीको ८० कित्ता सेयरमा आवेदन दिन पाउँने छ।

    images
    images

    कम्पनीको हाल बजारमा नौ सय ४९ रूपैयाँमा सेयर किनबेच भइरहेको छ। कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। त्यस्तै, शिव श्री हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको एकसय कित्ता सेयर हुनेले एक सय कित्ताकै लागि आवेदन दिन पाउँनेछन्। कम्पनीको हाल बजारमा दुई सय ८४ रूपैयाँमा सेयर किनबेच भइरहेको छ। कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend