images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • तनहुँमा एक वर्षमा ११७७ मेट्रिकटन चैतेधान...

तनहुँमा एक वर्षमा ११७७ मेट्रिकटन चैतेधान उत्पादन

तनहुँमा एक वर्षमा ११७७ मेट्रिकटन चैतेधान उत्पादन

images
images
शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • काठमाडौंः तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन आयोजना मार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रम मार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रले १२ सहकारी मार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो ।

    images
    images

    कार्यक्रम सञ्चालनका लागि रु ५८ लाख ५० हजार बजेट रहेकामा रु ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनले भने, ‘यो कार्यक्रम कृषक समूह वा सहकारी मार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।’ चैतेधान प्रवर्द्धन कार्यक्रम मार्फत ७५ देखि ८५ प्रतिशत सम्म अनुदान प्रदान गरिएको उनले बताए ।

    कार्यक्रम मार्फत कृषकलाई आठ हजार १०० केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, तीन डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई रु एक लाख ९३ हजार ६२४, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई रु तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई रु पाँच लाख २१ हजार २६१, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई रु एक लाख छ हजार सात सय २५, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई रु चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई रु दुई लाख २१ हजार २५०, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई रु दुई लाख ७६ हजार ९०८ वितरण गरिएको छ ।

    images
    images

    त्यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई रु तीन लाख ५५ हजार ५३९, सोही वडाको आम्बोटे कृषक समूहलाई रु तीन लाख ७६ हजार ४८६, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई रु पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई रु तीन लाख ४८ हजार २६६ र शुक्ला गण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई रु दुई लाख ४२ हजार २५० सहयोग गरिएको केन्द्रले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend