images

२०८३ आश्विन २२ गते

images
images
images

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौँ । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  

    images
    images

    देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

    यस्तै, कोशी प्रदेशमा ३ सय ५० जना डेंगु पुष्टि भएको छ । यस्तै गण्डकीमा २१२ जनामा, लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ । 

    images
    images

    यस्तै, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले उल्लेख गरेको छ ।  

    देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १४ सय ३२ जनामा डेंगु संक्रमण देखिएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend