images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा किन बढिरहेको छ प्याजको...

बजारमा किन बढिरहेको छ प्याजको मूल्य?

बजारमा किन बढिरहेको छ प्याजको मूल्य?

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांकअनुसार मंगलबारदेखि प्याजकाे मूल्य बढ्न थालेकाे हाे। सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४६ रूपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सोही मूल्य कायम भयो। बुधबार भने  प्रतिकिलो एक रूपैयाँ वृद्धि भएर प्याज ४५ देखि ४७ रूपैयाँ पुग्यो।

    images
    images

    त्यस्तै, बिहीबार प्याज प्रतिकिलो थप एकदेखि दुई रूपैयाँ बढेर ४७ देखि ४८ रूपैयाँमा बिक्री भइरहेको छ। आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४५ देखि ४७ रूपैयाँमा कारोबार भइरहेको थियो। पछिल्लो समय बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी र भारतीय दुवै प्याज आइरहेका छ्न्। 

    भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य अन्य तरकारीको मूल्य जस्तो धेरै मूल्यमा घटबढ हुँदैन। थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend