images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • गहुँ र धानको बीउ उत्पादन गर्ने...

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • चितवन। जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।

    images
    images

    कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले १ हजार १ सय देखि १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम बितरण गरिएको हो । उनले भने ‘स्रोत बीउमा प्रति हेक्टर २० हजार र उन्नत बीउमा प्रति हेक्टर १५ हजारका दरले प्रोत्साहन रकम बितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन ।

    कतिपय किसानहरूको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले बताए। उनका अनुसार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

    images
    images

    कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण  गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए । आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend