images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अलास्कामा भूकम्पको धक्का क्षतिको विवरण आउन...

अलास्कामा भूकम्पको धक्का क्षतिको विवरण आउन बाँकी ।

अलास्कामा भूकम्पको धक्का क्षतिको विवरण आउन बाँकी ।

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस) का अनुसार भूकम्प स्थानीय समय अनुसार दिउँसो १२ः३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ। 

    images
    images

    अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थल देखि करिब ९६६ किमि टाढा पर्छ। सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमर देखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो। उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ।

    तर, भूकम्प गएको एक घण्टा भित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ। त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो। अन्ततः दिउँसो २ः४५ बजे भित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो।

    images
    images

    भूकम्प पछि सुनामीको खतरा न्यून भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन भने आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend