images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • एभरेष्ट हस्पिटलमा बृहत रक्तदानसहित निःशुल्क स्वास्थ्य...

एभरेष्ट हस्पिटलमा बृहत रक्तदानसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना

एभरेष्ट हस्पिटलमा बृहत रक्तदानसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौ। एभरेष्ट हस्पिटलले आगामी शनिबारदेखि बहिरंग थप सेवाको साथै बृहत रूपमा निः शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।अस्पतालले थप सेवासंगै शनिबारदेखि निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान शिविरबारे जानकारीको लागि पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

    images
    images

    पत्रकार सम्मेलनमा एभरेस्ट हस्पिटलका निर्देशक तथा प्रशासन प्रमुख दीपक चन्द्र बरालले लामो इतिहास बोकेको यो एभरेष्ट अस्पतालले समयानकुल सेवाहरु थप गर्दै आएको र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकोले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको बताएका छन्।

    असार २२ गते शनिबारका दिन अस्पतालमै स्थापित ब्लड बैंक सेवा सञ्चालनमा ल्याउन लागेको जनाउँदै मिर्गौला बिरामीको लागि हेमोडायलोसिस सेवाको शुरुआत गर्ने समेत बताए। सोही दिनदेखि अस्पतालमा स्थापना गरिको दन्त विभाग, नेत्र विभाग र आईसीयू समेत सञ्चालनमा ल्याउने निर्देशक बरालले बताए।

    images
    images

    तीन दशकदेखि निरन्तर सेवा प्रभाव गर्दै आएको एभरेष्ट नर्सिङ होमको नाममा स्थापित हस्पिटल बीचमा माउन्ट एभरेष्ट हस्पिटलको नागबाट पनि सञ्चालन भएको र हाल एभरेष्ट हस्पिटलको नामबाट सञ्चालनमा रहेको यो हस्पिटलको आफ्नै ईतिहास रहेकोे र निजी क्षेत्रबाट खुलेको यो हस्पिटल नेपालकै दोस्रो नर्सिङ होम भएको उनले उल्लेख गरे।

    निर्देशक बरालले बरिष्ठ न्युरो सर्जन स्वर्गीय डा. उपेन्द्र देवकोटाले पनि शल्यक्रिया यहि हस्पिटलबाट शुरुआत गरेको र छातीरोग विशेषज्ञ डा.रमेश चोखानीले पनि एभरेस्ट हस्पिटलबाट आफ्नो सेवा गरेकोले यो हस्पिटल इतिहासको स्मरण गर्दै उनले बीचमा सुस्तता आए पनि आगामी दिनमा पूर्ण रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    सोही अवसरमा निःशुल्क शिविर संयोजक सुरज भुसालले शनिवार ५०० युनिट रगत संकलन गर्ने योजना रहेको बताएका छन्। सोको निम्ति हस्पिटलले विभिन्न ११ पार्टनरसस्थाको समन्वयमा निस्शुल्क आयोजना गरिने बताएका छन्। आजभोलि रगतको अभाव रहेकाले एभरेस्ट हस्पिटलको बढी भन्दा बढी रगत संकलन गर्ने योजना रहेको बताए।

    संयोजक भुसालले एभरेष्ट हस्पिटलमा सञ्चालन हुन लागेको ब्लड बैंकमा ५०० देखि ८०० युनिटसम्म रक्त भण्डारको क्षमता रहेको समेत उल्लेख गरेका छन्।निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन जाँच, मिर्गौला जाँच समेत गरिने र निशुल्क दन्त तथा आँखा जाँच पनि हुनेछ।

    निःशुल्क स्वास्थ शिविरमा २०० जनालाई निस्शुल्क चस्मा, १५० जना महिलालाई निस्शुल्क स्यानिटरी प्याड, १५० जनालाई १०० रुपैयाँ शुल्कमा अल्ट्रासाउण्ड गरिने भएको छ। सोही दिनदेखि सञ्चालन हुन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई निस्शुल्क सेवा दिने बताएको छ।शिविरमा जान चाहनेले ईमेल, फोन तथा एसएमएस मार्फत अस्पतालमा अग्रिम नाम दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।

    शिविर आगामी शनिबार विहान ८ देखि दिउसो ३ बजेसम्म सञ्चालन हुने एभरेस्ट हस्पिटलले पत्रकार सम्मेलनमा बताएको छ।अत्याधुनिक मेसिन उपकरणको साथै दक्ष जनशक्तिले सुसज्जित १०० शैय्याको एभरेस्ट हस्पिटल बहिरङ्ग विशेषज्ञ स्वास्थ्य सेवा दिने नेपालकै नम्बर वान हस्पिटलको रुपमा अघि बढाउने योजना रहेको जानकारी दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend