images

२०८३ आश्विन १९ गते

images
images
images

कोसी प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत

कोसी प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • विराटनगर । कोसी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुढी झापाको आर्थिक वर्ष २०८२/८३ का लागि कुल १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । बुधबार प्रतिष्ठानको चौथो परिषद् बैठक मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको थियो । बैठकले वार्षिक बजेट स्वीकृत गरेको हो ।

    images
    images

    बैठकमा प्रदेश सरकारबाट प्राप्त दुई करोड ७० लाख रुपैयाँको अनुदान र प्रतिष्ठानको १६ लाख रुपैयाँ आन्तरिक आम्दानी जोडेर दुई करोड ८६ लाख रुपैयाँको कार्यक्रम तय गरिएको छ । साथै, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत सात करोड ६१ लाख ५० हजार रुपैयाँबराबरको कार्यक्रम पनि स्वीकृत गरिएको छ । प्रतिष्ठानका अनुसार, यो बजेट प्रदेशसभाबाट पारित भइसकेको छ ।

    बैठकमा मुख्यमन्त्री कार्कीले कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्न ‘स्मार्ट’ तालिम सञ्चालन गर्नु आवश्यक रहेको धारणा राखे । उनले प्रतिष्ठानलाई विश्वसनीय र जनमानसले चिन्ने संस्था बनाउँदै प्रविधि सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend