images

२०८३ आश्विन १९ गते

images
images
images

साउन महिना सुरु हुनै लाग्दा बजारमा चहलपहल

साउन महिना सुरु हुनै लाग्दा बजारमा चहलपहल

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । साउन महिना सुरु हुनै लाग्दा बजारमा चहलपहल बढेको छ । साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको छ ।हरित महिनाको आगमनसँगै उपत्यकाको न्युरोड र इन्द्रचोक क्षेत्रका पोते, चुरा, मेहेन्दी र हरिया पहिरनहरू किनमेल गर्न महिलाहरूको भीड देखिन थालेको छ।

    images
    images

    साउन महिनामा हरियो, पहेँलो र रातो रङका पोते र चुरा लगाउने चलन छ। जुन महिना भोलि बिहीबारदेखि सुरु हुँदै छ । धार्मिक विश्वास अनुसार, हरियो रंगलाई सकारात्मक सोच, ऊर्जा, शीतलता र शान्तिको प्रतीक मानिन्छ। हरियो रंगले प्राकृतिक सौन्दर्यसँग पनि गहिरो सम्बन्ध राख्ने भएकाले महिलाहरू यस महिनामा विशेषरूपमा यस रंगप्रति आकर्षित हुने गर्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend