images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज...

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  •  सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते  अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र  आवेदन दिन सकिनेछ ।बैंकले असार २९ गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको हो । बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । 

    images
    images

    वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको “एसबीएल डिबेन्चर २०९१” को अवधि १० वर्ष रहेको छ । 

    ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।  यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पुर्ण इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend