images

२०८३ आश्विन १९ गते

images
images
images

अब क्यासिनो खोल्न कम्तिमा २० करोड चुक्ता पुँजी हुनुपर्ने...

अब क्यासिनो खोल्न कम्तिमा २० करोड चुक्ता पुँजी हुनुपर्ने...

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  •  काठमाडौं । अब क्यासिनो खोल्न कम्तिमा २० करोड रूपैयाँ हुनुपर्ने भएको छ। हालै जारी भएको क्यासिनो नियमावली २०८० ले यस्तो व्यवस्था गरेको हो। यसअघिको नियमावलीमा क्यासिनो खोल्न कम्तिमा १५ करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो। आधुनिक मेसिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेलाइने साना क्यासिनोलाई यस्तो व्यवस्था गरिएको हो। तर, ठूला क्यासिनोको लागि ३० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्ता क्यासिनोलाई २५ करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको थियो। 

    images
    images

    ठूला क्यासिनोले १५ लाख रूपैयाँ र साना क्यासिनोले दश लाख रूपैयाँ निवेदन दस्तुर दिएर आवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ। त्यस्तै, ठूलाको लागि तीन करोड रूपैयाँ र सानाको लागि एक करोड ५० लाख रूपैयाँ इजाजत दस्तुर तोकिएको छ। यसअघिको नियमावलीले ठूलाको लागि दुई करोड रूपैयाँ र सानाको लागि एक करोड रूपैयाँ इजाजत दस्तुर तोकेको थियो।  अब अन्तराष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटर दुरीभित्र पनि क्यासिनो खोल्न सकिने भएको छ। यसअघि यस्तो क्षेत्रमा क्यासिनो खोल्न रोक नै लगाइएको थियो। 

    तर, यसरी क्यासिनो खोल्दा सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्याङ्कन गरी प्रचलित कानून बमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनको लागि सिफारिस गरेको हुनुपर्छ। त्यस्तै, क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था पनि गरिएको हुनुपर्नेछ।नयाँ नियमावलीमा एउटै होटेल वा रिर्सोट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था समेत गरिएको छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend