images

२०८३ आश्विन १९ गते

images
images
images

९ महिनामै नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिले गर्‍यो १ अर्ब रुपैयाँ बढीको व्यापार

९ महिनामै नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिले गर्‍यो १ अर्ब रुपैयाँ बढीको व्यापार

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । नेपोभिट ब्रान्डको सेरामिक बेच्ने नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिले चालु आर्थिक वर्षको ९ महिनामै एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो।

    images
    images

    कम्पनीले सन् २०२४ मा १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ र सन् २०२२ को चार महिनामा ३३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१९ मा स्थापना भएको कम्पनीको उद्योग बारामा रहेको छ ।सन् २०२२ को अप्रिलबाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले वर्ष दिनमै डेढ अर्ब रुपैयाँको कारोबार गरेको थियो ।

    शम्भुनाथ झा र मानोजप्रसाद रौनियारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७९ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    कम्पनीअनुसार चालु आवको ९ महिनाको अवधिमा २२.५ प्रतिशत कारोबार नाफा रहेको जनाएको छ । कम्पनीको ९० प्रतिशत कारोबार कच्चा पदार्थको रहेको उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend