images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • माबिलुङ इनर्जीको आईपीओमा मागभन्दा ७.२१...

माबिलुङ इनर्जीको आईपीओमा मागभन्दा ७.२१ गुणा बढी आवेदन

माबिलुङ इनर्जीको आईपीओमा मागभन्दा ७.२१ गुणा बढी आवेदन

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं ।  माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.२१ गुणा बढी आवेदन हो । 

    images
    images

    माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओ साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यस आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend