images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एलआइसी नेपालको साधारणसभाबाट १०.५२ प्रतिशत लाभांश...

एलआइसी नेपालको साधारणसभाबाट १०.५२ प्रतिशत लाभांश पारित

एलआइसी नेपालको साधारणसभाबाट १०.५२ प्रतिशत लाभांश पारित

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी) साधारणसभा सम्पन्न भएको छ । कम्पनीले १०.५२६३ प्रतिशत लाभांश पारित गर्दै २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

    images
    images

    सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि पारित गरेको छ । साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धान्त मोहन्तीले वार्षिक साधारण सभामा सक्रिय रूपमा सहभागी भई सभा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले सेयरधनीहरूको निरन्तर विश्वास र समर्थनले कम्पनीलाई अगाडि बढ्ने ऊर्जा दिएको भन्दै आभार प्रकट गरे ।

    त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले सेयरधनीहरूको जिज्ञासामा जवाफ दिँदै प्रतिवेदनमा उठाइएका प्रश्नहरूको प्रष्ट पारेका छन् । उनले कम्पनीका प्रमुख वित्तीय सूचकहरू बलिया रहेको उल्लेख गर्दै वर्तमान आर्थिक अवस्था सन्तोषजनक रहेको बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend