images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजार उच्च अंकले घट्यो,८...

सेयर बजार उच्च अंकले घट्यो,८ अर्ब १७ करोडको कारोबार

सेयर बजार उच्च अंकले घट्यो,८ अर्ब १७ करोडको कारोबार

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो दिन बढेको बजारले एक दिनमा नै फेरि ओरालो यात्रा तय गरेको हो । 

    images
    images

    आज सेयर बजार परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २७२५ दशमलव ७१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२७ प्रतिशतले कम हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८३ अंकले घटेर ४७४ दशमलव ३५ विन्दुमा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १.४२ प्रतिशतले कम हो । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ । 

    आज परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ७२ हजार ६०१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend