images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • केन्द्रीय बैंकद्वारा चालु आवको ११ महिनामा...

केन्द्रीय बैंकद्वारा चालु आवको ११ महिनामा १८५ खर्ब बढी तरलता प्रशोचन

केन्द्रीय बैंकद्वारा चालु आवको ११ महिनामा १८५ खर्ब बढी तरलता प्रशोचन

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा १८५ खर्ब बढीको तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले जेठ मसान्तसम्मको अवधिमा १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत १३५ पटक गरी १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको २ अर्ब ७० करोड (कारोबारमा आधारित) घटाउँदा खुद २१३ खर्ब ४० अर्ब ८० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।

    images
    images

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत ६७३ अर्ब २५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबारमार्फत ७८३ अर्ब ४७ करोड तरलता प्रवाह भएको थियो । यस अवधिमा अल्पकालीन ब्याजदरहरू स्थायी निक्षेप सुविधा दरकै हाराहारीमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर अघिल्लो आर्थिक वर्ष औसत ३.६२ प्रतिशत रहेकोमा २०८२ जेठसम्ममा औसत २.९९ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ ।

    यसैगरी ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २०८१ असारमा ३ प्रतिशत रहेकोमा २०८२ जेठमा २.९४ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको अल्पकालीन ब्याजदरहरू न्यून रहेकोले निक्षेप र कर्जाको ब्याजदरहरू समेत घट्दै गएका छन् । यो अवस्थामा २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र फाइनान्स कम्पनीहरूको ८.२८ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत ब्याजदरहरू क्रमशः ४.२९ प्रतिशत, ५.०२ प्रतिशत र ६.०९ प्रतिशत कायम भएको छ । यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२.८५ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत ब्याजदरहरू क्रमशः ७.९९ प्रतिशत, ९.४० प्रतिशत र १०.२२ प्रतिशत कायम राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend