images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च अंकको वृद्धि, ११...

सेयर बजारमा उच्च अंकको वृद्धि, ११ अर्ब ४१ करोड बराबरको कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि, ११ अर्ब ४१ करोड बराबरको कारोबार

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.०८ अंक अर्थात् १.१३ प्रतिशत बढेर २७६२.८८ बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से २५.८९ अंकले बढेको थियो भने बुधबार २२.०४ अंकले उकालो लागेको थियो ।

    images
    images

    शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजारको पक्षमा आएपछि सेयर बजारमा आइतबार बिहानदेखि नै सकारात्मक छाएको थियो ।आइतबार प्रिओपन सेसनमै ३५ अंकले बढेको नेप्से २७९८ बिन्दुसम्म पुगेको भएपनि बन्द हुने समयमा भने केही सम्हालिँदै २७६२ मा रोकिएको हो ।

    आइतबार नेप्सेमा कुल ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आइतबार नेप्सेमा कारोबारमा आएकामध्ये १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।आइतबार एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा जीवन विकास लघुवित्तको सेयर मूल्य ९.६१ प्रतिशतले उकालो लागेको छ ।बजार उच्च अंकले बढ्दा पनि हिमालयन हाइड्रोपावरको सेयर मूल्य भने ९.९३ प्रतिशते घटेको छ । आइतबार बैंकिङ समूहको सेयर मूल्य ३.३७ प्रतिशत र लघुवित्त समूहको ३.५० प्रतिशतले बढेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend