images

२०८३ आश्विन १८ गते

images
images
images

ताप्लेजुङका ४४ वडा बाढीपहिरोको उच्च जोखिममा

ताप्लेजुङका ४४ वडा बाढीपहिरोको उच्च जोखिममा

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • ताप्लेजुङ । ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् ।जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै जिल्लाका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्वतयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ ।

    images
    images

    विपद् प्रभावित क्षेत्रको पहिचान गरिएसँगै सतर्कता अपनाउन विपद् प्रतिकार्य योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार विपद् प्रतिकार्य योजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तह अर्थात विपद् प्रभावित क्षेत्रमा खटिने गरी प्रतिकार्य टोली निर्माण गरिएको छ । सबै स्थानीय तह समेटिने गरी उपलब्ध उपकरणसहित प्रतिकार्य टोली गठन गरिएको र आवश्यक पर्दा तत्काल परिचालन हुने प्रजिअ शर्माले बताउनुभयो ।

    उहाँकाअनुसार बर्खा मौसमसँगै बाढी पहिरोको जोखिमबाट जोगिनका लागि विपद् प्रतिकार्य आपतकालीन कार्य योजना र उपलब्ध उपकरणसहित क्युआरटी परिचालन योजना गत सोमबार स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । विपद् प्रतिकार्य आपतकालीन कार्ययोजना तथा उपकरणसहित प्रतिकार्य टोली परिचालन योजना कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रमा खट्ने टोली निर्माण गरिएको छ । मानवीय तथा भौतिक क्षतिको नियन्त्रण र न्यूनीकरण गर्न विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गरिने प्रजिअ शर्माको भनाइ छ ।

    images
    images

    यता जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका वडाहरुमा सिरिजङ्घा गाउँपालिकाका सबै आठ वटै वडा छन् । वडा नम्बर १ सिनाम, वडा २ आम्बेगुदिन, ३ सिकैँचा, ४ तेल्लोक, ५ पेदाङ, ६ मामाङ्खे, ७ खेबाङ र वडा ८ याम्फुदिन पहिरोको जोखिममा रहेका छन् । त्यस्तै सिदिङ्वा गाउँपालिकाका वडा १ कालिखोला, २ सादेवा, ३ आङ्खोप, ४ साब्लाखु, ५ लिम्बुदिन, ६ मेहेले र वडा ७ सुरुम्खिम गरी सबै सात वटै वडाहरु बाढीपहिरोको जोखिममा रहेका छन् ।फक्ताङ्लुङ गाउँपालिकाकाको सातमध्ये वडा नम्बर १ सावादिन, २ खेजेनिम, ३ लिङ्खिम र वडा ५ तापेथोक गरी चार वटा वडा बाढी पहिरोको उच्च जोखिममा छन् । मेरिङ्देन गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर १ थिङ्लाबु, २ सान्थाक्रा, वडा ३ खाम्लुङ र ४ लिङ्तेप पनि बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यस्तै मैवाखोला गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर ४ साँघु उच्च जोखिममा रहेको छ ।

    आठराई त्रिबेणी गाउँपालिकाका पाँचमध्ये वडा नम्बर १ निघुरादिन, २ फुलबार र वडा ५ चाँगे बाढी पहिरोको उच्च जोखिममा रहेको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको छमध्ये वडा नम्बर १ नाङ्खोल्याङ र वडा ६ थेम्बेदिन बाढी पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला सदरमकामस्थित फुङ्लिङ नगरपालिकाका ११ मध्ये छ वटा वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।यसैगरी, फक्ताङ्लुङ गाउँपालिकाको तीन वटा वडा, मेरिङ्देन गाउँपालिकाको दुई वटा वडा, फुङ्लिङ नगरपालिकाका तीन वटा वडा बाढी पहिरोको मध्यम जोखिममा छन् । त्यस्तै मैवाखोला गाउँपालिकाको पाँचवटा वडा, आठारई त्रिबेणी तथा पाथीभरा याङ्वरक गाउँपालिकाका दुई–दुई वटा र मिक्वाखोला गाउँपालिकाको एउटा वडा बाढी पहिरोको मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले औंल्याएको छ । जिल्लाका बाँकी तीनवटा वडा भने उच्च र मध्यम जोखिम दुवै क्षेत्रमा परेका छन् ।

    भिरालो भू–बनावट रहेको जिल्लामा सडक निर्माण, जलविद्युत आयोजना निर्माण, रुख फडानी लगायतका कारणबाट बाढी पहिरोको जोखिम बढेको बताइएको छ । बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सम्बन्धित स्थानीय तहले जोखिम नियन्त्रण र न्युनीकरण गर्न तटबन्ध निर्माणसहित बस्ती व्यवस्थापन लगायतका कार्य भने गर्दै आएको उल्लेख गरेका छन् । जोखिम नियन्त्रण र न्यूनीकरणका लागि कामहरु हुँदै आए पनि अचानक आइलाग्ने र सम्भावित विपत्तीमा पर्याप्त नहुने सरोकारवालाले बताएका छन् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend