images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बस्दै,के...

सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बस्दै,के छ कार्यसूची ?

सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बस्दै,के छ कार्यसूची ?

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौँः सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज (शुक्रबार) अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विषय माथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ । 

    images
    images

    बैठकको कार्यसूची अनुसार सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्त लगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तर युक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल हुने कार्यसूची छ।

    त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देश सहित राष्ट्रियसभामा जान लागेको हो।

    images
    images

    साथै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend