images

२०८३ आश्विन २० गते

images
images
images

जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी

जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

    images
    images

    बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

    उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए ।बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend