images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • कृषिको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा आवद्ध गराउनुपर्छ...

कृषिको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा आवद्ध गराउनुपर्छ : अर्थमन्त्री

कृषिको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा आवद्ध गराउनुपर्छ : अर्थमन्त्री

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन्।

    images
    images

    शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरूको अनुभव लिएर सोही अनुसारको राजनीतिक संरचना,विदेश नीति,अर्थनीति र विकास नीति बनाउनुपर्नेमा जोड दिए ।

     उनले  ६० प्रतिशत भन्दा बढी जनसंख्या आबद्ध रहेको नेपालको कृषि क्षेत्रको योगदान कुल ग्राहस्थ्य उत्पादनमा भने २४ प्रतिशतमा सीमित हुन पुगेको बताए । उनले देशको अर्थतन्त्रको कुल ग्राहस्थ्य उत्पादनमा मुख्य योगदान सेवा क्षेत्रको ६० प्रतिशत हाराहारी रहेको र औद्योगिक क्षेत्रको निकै न्यून रहेको भन्दै कृषिको आधुनिकीकरणमार्फत कृषिको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा आवद्ध गराउनुपर्ने धारणा राखे।

    images
    images

    उनले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषण गरिएको कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले र त्यसलाई निरन्तरता दिएको भन्दै भोलिका दिनमा सरकार परिवर्तन भएपनि नीति तथा योजनालाई निरन्तरता दिने विश्वास व्यक्त गरे । 

    अर्थमन्त्री पुनले बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने,कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए। उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण,व्यवसायीकरणमा योगदान पुग्ने बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend