images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • बजारमा आँपको भाउ बढ्यो, किलोको कति...

बजारमा आँपको भाउ बढ्यो, किलोको कति पुग्यो ?

बजारमा आँपको भाउ बढ्यो, किलोको कति पुग्यो ?

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो ।कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह र दसहरी आँप प्रतिकिलो थोकमा १०/१० रुपैयाँ बढेको छ ।

    images
    images

    सोमबार मालदह र दसहरी आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको थियो । आज दुवै आँप प्रतिकिलो १०० रुपैयाँमा किनबेच भइरहेको छ ।असार दोस्रो साता मालदह आँप प्रतिकिलो ७६ रुपैयाँ र दसहरी आँप प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै जेठ दोस्रो साता आँप प्रतिकिलो २ सयदेखि १ सय ५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend