images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अमेरिकामा बाढी : मृत्यु हुनेको संख्या...

अमेरिकामा बाढी : मृत्यु हुनेको संख्या ८१ पुग्यो, ४१ जना बेपत्ता

अमेरिकामा बाढी : मृत्यु हुनेको संख्या ८१ पुग्यो, ४१ जना बेपत्ता

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। अमेरिकी राज्य टेक्सासमा बाढीमा हालसम्म ८१ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्।केर काउन्टीमा २८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ। केर काउन्टीको नदी किनारमा रहेको केटीको शिविर डुबानमा परेको छ। क्याम्प मिस्टिकका १० केटी र एक सल्लाहकार अझै बेपत्ता छन्।

    images
    images

    ट्राभिस काउन्टीमा पाँच, बर्नेट काउन्टीमा तीन, विलियमसन काउन्टीमा दुई, केन्डल काउन्टीमा दुई र टम ग्रीन काउन्टीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।अधिकारीहरूले बेपत्ताको खोजी भइरहेको र यसका कारण मृत्यु हुनेको संख्या पनि धेरै छिटो परिवर्तन भइरहेको बताएका छन्।

    केर काउन्टीमा हालसम्म १० बालबालिकासहित २८ जनाको शव बरामद गरिएको छ।  मौसम विभागले आगामी २४ देखि ४८ घण्टामा यस क्षेत्रमा आँधी आउन सक्ने चेतावनी दिएको छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend