images

२०८३ आश्विन २५ गते

images
images
images

साढे ४२ प्रतिशत पुग्यो जिडिपीको सार्वजनिक ऋण

साढे ४२ प्रतिशत पुग्यो जिडिपीको सार्वजनिक ऋण

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • सरकारले लिने गरेको वैदेशिक तथा आन्तरिक ऋणको सीमा जीडीपी (कुल ग्राहस्थ उत्पादन) को ४२.२४ प्रतिशत पुगेको छ ।
    सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालू वर्षको ११ महिनामा मात्र १ खर्ब १० अर्ब ऋण सरकारलाई थपिएको छ । हाल सरकारलाई बाह्य र आन्तरिक गरी २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ ऋण भार रहेको छ ।

    images
    images

    ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण पुगेको छ भने १२ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ । यस्तै यो वर्ष आन्तरिक र बाह्य गरी ३ सय ३ खर्ब ३० अर्ब ५६ करोड रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानी गर्ने लक्ष्य लिएकोमा ११ महिनामा २ खर्ब ७१ अर्ब भुक्तानी गरिसकेको छ ।

    वर्षेनी बढ्दो ऋणको ग्राफ

    images
    images

    तथ्यांकअनुसार पछिल्लो एक दशकमा करिब १९ खर्बभन्दा बढी ऋण दायित्व थप भएको छ । आर्थिक वर्ष २०७१/०७२ मा  ५ खर्ब ४४ अर्ब २१ करोड मात्रै नेपालको सार्वजनिक ऋण दायित्व थियो । ठिक एक दशक २०८०/०८१ सम्म आइपुग्दा २३ खर्ब पुगिसकेको छ । तथ्यांक हेर्दा एक दशकमा हरेक वर्ष लिएर तिर्न नसक्दा सार्वजनिक ऋणको आकार निकै ठूलो बनेको हो ।
    जसका कारण ब्याजमै ठूलो रकम खर्च गर्नुपरेको छ । तथ्यांकअनुसार एक दशकअघि आर्थिक वर्ष २०७१/०७२ को मात्रै तथ्यांक हेर्दा नेपालले भुक्तानी गरेको कूल रकमको १२ प्रतिशत मात्रै व्याज थियो । अर्थात् सो आर्थिक वर्षमा भुक्तानी गरेको ७३ अर्ब ७६ करोडमध्ये ९ अर्ब २९ करोड मात्रै ब्याज थियो । 

    आर्थिक वर्ष २०७९/८० मा सरकारले आन्तरिक र बाह्य गरी ३ खर्ब ७७ अर्ब १४ करोड रूपैयाँ कूल ऋण लिँदा १ खर्ब ४९ अर्ब ७१ करोड रूपैयाँ सावाँ फिर्ता गरेको छ भने ७२ अर्ब ७८ करोड ब्याज भुक्तानी भएको छ । यो रकम कूल भुक्तानीको ३२ प्रतिशत हुन आउँछ ।  आर्थिक वर्ष २०७८/०७९को तथ्यांअनुसार ४५ अर्ब १२ करोड ब्याज भुक्तानी भएको छ भने ७६ अर्ब ७४ करोड रूपैयाँ साँवा तिरिएको छ । 

    यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा सरकारको ऋण भुक्तानीको तथ्यांक हेर्दा कूल ९५ अर्ब १ करोड मध्ये ३४ अर्ब ६३ करोड रुपैयाँ व्याज मात्रै तिरेको छ । सो आर्थिक वर्षमा कूल भुक्तानीको ३६.४४ प्रतिशत रकम व्याज मात्रै हुन आउँछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend