images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आजदेखि माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ...

आजदेखि माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ बिक्री खुला

आजदेखि माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ बिक्री खुला

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं।  माबिलुङ इनर्जीले आज असार २२ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला भएको छ । 

    images
    images

    कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बिक्री खुला गरेको हो। यो सेयरमा संखुवासभाको मादी नगरपालिकाको वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नं. २, ३, ७, ८, ९ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र मादी–७ स्थित आयोजनाको पावरहाउसबाट आवेदन दिन सक्नेछन्।

    यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। उनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।यस आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । 

    images
    images

    आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।माबिलुङ इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend