images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बाढी महाशाखाले जारी गर्‍यो २५ जिल्लामा...

बाढी महाशाखाले जारी गर्‍यो २५ जिल्लामा ‘एल्लो अलर्ट’

बाढी महाशाखाले जारी गर्‍यो २५ जिल्लामा ‘एल्लो अलर्ट’

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २५ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहित २५ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरेको हो ।आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, रोल्पा, प्याठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने छ ।

    images
    images

    यस्तै सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्यांग्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्लाका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम मध्यम रहेको महाशाखाले जनाएको छ ।आज ९ ठुला नदिमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend