images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने...

राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।यसमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले आज असार २२ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । 

    images
    images

    कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । यस हकप्रद सेयरको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ ५ गतेसम्म कायम रहने लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ । 

    यस्तै, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend