images

२०८३ आश्विन १७ गते

images
images
images

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन्।इन्द्रबहादुरले यहाँ आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो। यसअघि उहाँले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए।हावाहुरी कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उहाँले गोदावरी-५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गरेका हुन्। पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा रु पाँच लाख तिर्नुपर्छ।हाल आँपको सिजन चलिरहेको छ। मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन्। अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ।

    images
    images

    ‘हामीले यहाँ फल्ने आपमा कुनै विषादी र औषधि प्रयोग गरेका छैनौँ। विषादीरहित भएकाले पनि बगैँचामै आँप खोज्दै आउने ग्राहकको सङ्ख्या बढ्दो छ’, व्यवसायी इन्द्रबहादुरले भने, ‘आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन। ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ।’आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याप्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिए। यो सिजनमा हालसम्म रु पाँच लाख बराबरको आँप बिक्री गरिसकेको उनले बताए। ‘बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ। कोही अलि ढिलो पाक्ने जात पनि छन्। अझै रु १० लाख बराबरको आँप बाँकी होला’, मानबहादुरले भने।

    सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर आठ लाखसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिए। हाल दैनिक ३५ हजारदेखि ४५ हजारसम्म कारोबार हुने गरेको उनको भनाइ छ। यहाँ फुटकर रु ८० र होलसेल रु ६० मा आँप बिक्री हुने गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend